एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
श्रीलंकामा जारी प्रतियोगितामा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
समूह 'बी' मा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। त्यसैले नेपाललाई अन्तिम चारमा पुग्न आजको खेलमा जित निकाल्नै पर्ने बाध्यता छ।
समूह चरणको लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख,भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा