एसेज सिरिजको पाँचौ टेस्टमा इंग्ल्यान्ड विजयी भएसँग सिरिज २-२ को बराबरीमा सकिएको छ। सिरिजको अन्तिम टेस्टमा इंग्ल्यान्डले अस्ट्रेलियालाई १३५ रनले पराजित गर्यो।
३९८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो इनिङमा २६३ रनमै अलआउट भएको थियो। अस्ट्रेलियाका लागि माथ्यु वेटले ११७ रनको योगदान दिए।
अन्य ब्याट्सम्या चल्न सकेनन्। बलिङमा इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र लिचले ४४ विकेट लिए।
त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्डले २९४ रन जोडेको थियो। अस्ट्रेलिया पहिलो इनिङमा २२५ रनले आउट भयो। दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेको इंग्ल्यान्डले ३२९ जोडेर ३९८ रनको लक्ष्य दिएको थियो।
प्लेयर अफ दि म्याच इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर भए। इंग्ल्यान्डका बेन स्टोक्स र अस्ट्रेलियाका स्टिभ स्मिथ प्लेयर अफ दि सिरिज भए।
यसअघि पहिलो सिरिज अस्ट्रेलियाले २५१ रनले जितेको थियो। दोस्रो सिरिज बराबरीमा सकिदा तेस्रो सिरिजमा इंग्ल्यान्ड १ विकेटले विजयी भएको थियो। चौथो सिरिजमा अस्ट्रेलिया १८५ रनले विजयी भएको थियो।