बुधबारदेखि सुरु हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को टिम ललितपुर फाल्कन्सको जर्सी सार्वजनिक गरिएको छ।
सोमबार ललितपुर फाल्कन्सले क्रिकेट टोलीसँग सम्बन्धित प्रायोजकहरुको घोषणा गरिनुका साथै जर्सी सार्वजनिक गरिएको हो।
लिलितपुरलाई एसटीसी स्पोर्टसले मुख्य प्रायोजन गर्ने भएको छ।
यस्तै सहप्रायोजकमा कृषि बिकास बैंक लिमिटेड,एसोसिएट पार्टनरमा एजुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल सानेपा, स्ट्राटेजी पार्टनरमा आइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका रहेका छन्।
कार्यक्रम बोल्दै ललितपुरका प्रशिक्षक राजु बस्न्यातले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताए। उनले टिममा अनुभवी र युवा खेलाडीको समिश्रण रहेको बताउँदै टिम सन्तुलित रहेको बताए।
टिमको नेरी थापा मार्की खेलाडी तथा कप्तान हुन् भने श्रीजना जोशी टिम मालिक हुन्।