सर्फराज अहमेद पाकिस्तानको टेस्ट र टी–२० क्रिकेट टिमको कप्तानबाट बर्खस्त भएका छन्।
उनलाई पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार विज्ञप्तिमार्फत कप्तानबाट हटाएको जनाएको छ।
विकेटकिपर ब्याट्सम्यान सर्फराज दुवै टिममा पर्न समेत असफल भएका छन्।
उनी अस्ट्रेलिया भ्रमणअघि बर्खास्तगीमा परेका हुन्। पाकिस्तानले अस्ट्रेलियामा तीन टी–२० र २ टेस्ट खेल्दैछ।
सर्फराजको स्थानमा अब टप अर्डरका ब्याट्सम्यान अजर अलीले टेस्ट टिमको कप्तानी गर्नेछन्। यस्तै अर्का ब्याट्सम्यान बाबर अजामले पाकिस्तानको टी–२० टिम कप्तानको जिम्मेवारी पाएका छन्।
सर्फराजको कप्तानीमा पाकिस्तानले ३७ टी–२० खेलमा २९ खेल जितेको थियो। यस्तै १३ टेस्टमा ४ जित हात पार्दा ८ खेलमा पराजित भएएको थियो।
सार्फराजले पाकिस्तानलाई सन् २०१७ को च्याम्पियन ट्रफी जिताएका थिए। तीन महिनाअघिको एकदिवसीय विश्वकपमा पाकिस्तान लिग चरणबाट बाहिरिएको थियो।