चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि २० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन प्ले अफमा पुगेको हो।
टस जितेर ब्याटिङ गरेको पोखराले चितवनलाई १ सय २८ रनको लक्ष्य दिएको थियो।
चितवनले १८ ओभरमा ३ विकेटको क्षतिमा सो लक्ष्य भेटाउन सफल भयो।
चितवनको जितमा ओपनर काजल श्रेष्ठले ४७ बलमा ५ चौकासहित ५१ रनको अर्ध सतकीय इनिङ खेलिन् ।
जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ।