मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)ले तीनदिवसीय क्रिकेटमा नेपाललाई ३९३ रनको विशाल लक्ष्य दिएको छ।
तेस्रो दिन शुक्रबार एमसिसीले १८१–६ मा इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३९३ रको लक्ष्य पाएको छ।
अन्तिम शुक्रबार नेपालले अधिकतम ८३ ओभरमा यो लक्ष्य पूरा गरे खेल जित्नेछ। ३९२ रन बनाउनुअघि सबै विकेट गुमाए खेल एमसिसीको पक्षमा जानेछ भने विकेट बचेमा खेल बराबरीमा सकिनेछ।
दोस्रो इनिङ खेल्न सुरु गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो विकेटको रुपमा गुमाएको छ। अहिले शरद भेषवाक र राजु रिजाल ब्याटिङ गरिरहेका छन्।
त्यसअघि दोस्रो दिन सकिदा नेपाल ३०२ रनले पछि परेको थियो।
आफ्नो दोस्रो इनिङ सुरु गरेको एमसिसीले दिनको खेल सकिदा २ विकेटको क्षतिमा ९१ रन जोडेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो दिन नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १५३ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी ३९ रन जोडे। विनोद भण्डारी ३५ रन र सोमपाल कामी २६ रनमा आउट भए।
अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। आरिफ शेख १० रनमा आउट हुँदा राजु रिजाल ८ रन, कप्तान ज्ञानेन्द्र मल्ल ०, शरद भेषवाकर ४ रन, दीपेन्द्रसिंह ऐरी १ रन, पवन सर्राफ २ रन र करण केसी २ रनमा आउट भए।
त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो।