भारत भ्रमणमा रहेको नेपाली यु–१९ टिमलाई भारतको यु–१९ 'सी' टिमले १० विकेटले पराजित गरेको छ।
नेपालले दिएको ११७ रनको लक्ष्य भारतले २१.१ ओभरमा विकेट नगुमाइ पूरा गर्यो। भारतका लागि अजय कुमार सक्सेनाले नटआउट ५२ रन र अर्जुन अजादले नटआउट ६७ रन बटुले।
त्यसअघि नेपाल ३२.१ ओभरमा ११६ रनमै अलआउट भयो।
नेपालका लागि कुशल मल्लले २६ रन जोडे। उनले २९ बलमा ४ चौका हिर्काए। सेर मल्लले १६ रन र अर्जुन ऐरीलेले १३ रनको योगदान दिए।
बलिङमा भारतका चिन्तारक्षण रेड्डी, विद्याधर पटिल, सुभाङ हेग्डे, मुज्ताबा युसुफ र रवि सिंहले २–२ विकेट लिए।