बंगलादेशमा बिहीबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो खेलमा भारतको यु-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ।
खेलमार्फत ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तानी गर्दैछन्।
नेपाल र भारतबीच बिहीबार विहान हुने खेल ढाकास्थित बंगलादेश क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा हुनेछ।
टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।
नेपालले दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम बंगालेशसँग मंसिर २ गते हुनेछ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल
प्रशान्त विक्रम मल्ल - म्यानेजर
उमेश पटवाल - प्रशिक्षक
दीपेन्द्रप्रताप सिंह - सहायक प्रशिक्षक
रमन सिवाकोटी - भिडियो विश्लेषक
विक्रम न्यौपाने - फिजियो