बंगलादेशमा बिहीबारबाट सुरु एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतको यु-२३ लाई १९४ रनको लक्ष्य दिएको छ।
ढाकास्थित बंगलादेश क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.५ ओभर १९३ रनमा अलआउट भयो।
नेपालका लागि पवन सर्राफले सबैभन्दा धेरै ५६ रन प्रहार गरे। उनले ४९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
शरद भेषवाकरले ४४ रन, डेब्यू खेलाडी कुशल भुर्तेलले २८ रन, दीपेन्द्रसिंह ऐरी २४ रन र करण केसीले २० रनको योगदान दिए।
बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
कप्तान तथा ओपरन ज्ञानेन्द्र मल्ल ०, आरिफ २ रन, विनोद भण्डारी ५ रन, सोमपाल कामी २ रन र सुसन भारीले २ रन मात्र जोडे।
बलिङमा भारतका सौरभ दुवेले ४ विकेट लिए। दुवे ६.५ ओभरमा २१ रन खर्चदा १ मेडन राखे।
यश राथोडले ३ विकेट हात पारे पर्थ रेख्डेले २ विकेट आफ्नो नाममा लेखाए।
टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।
नेपालले दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम खेल बंगालेशसँग मंसिर २ गते हुनेछ।