भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका कप्तान रित गौतमले अर्धशतक प्रहार गरेका छन्।
गौतमले शुक्रबार भारत यु-१९ 'बी' टिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। गौतमले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
विजयावाडामा जारी खेलमा नेपालका अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्। जसका कारण नेपाली टिम १ बल खेल्न बाँकी छदा २१० रनमा अलआउट भयो।
नेपालका लोकेश बम ५ रन, त्रृतराज दास २ रन, विशाल विक्रम केसी ३ रन र अभिषेक बस्नेत ० मा आउट भए। यस्तै हरिबहादुर चौहान २० रन, कुशल मल्ल १२ रन, शेर मल्ल ३३ रन, आकास चन्द १८ रन, गौतम खत्री ५ रन र सागर ढकालले ९ रन बटुले।
बलिङमा भारतका विद्यान्स जोशीले ३ विकेट र विनोद अंकोलेकारले २ विकेट हात पारे।
२११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४६.३ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै नेपाली टिमलाई २ विकेटले हरायो।
भातरका लागि दिव्यान्स जोशीले ५४ रन बटुले।
बलिङमा नेपालका आकास चन्दले ४ विकेट र सागर ढकालले २ विकेट हात पारे।
यसअघि नेपाली टिमले भारत 'सी' र 'ए' विरुद्धको खेलमा पराजय भोगेको थियो।