युएईमा आजबाट सुरु टी-१० लिगमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले डेब्यू गरेका छन्।
पारस टिम अबुधावीको पहिलो रोजाइमा परेसँगै टी-१० मा डेब्यू गरेका हुन्। पारसको टिम अबुधावीले क्वालन्डर्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
अबुधावीस्थित शेख जायेद क्रिकेट रंगशालामा हुने खेलमा अबुधावीको टिममा मोइन अली (कप्तान), लुक राइट, निरोशन डिकवेला , कोरि एन्डर्सन, रोहान मुस्ताफा, पारस खड्का, ह्यारी गर्नी, बेन लाफहिन, डेन लेङ, आरजे ग्लेसन र लेविन ग्रेगोरी छन्।