युएईमा आजबाट सुरु टी-१० लिगमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले डेब्यू गरेका छन्।
पारस टिम अबुधावीको पहिलो रोजाइमा परेसँगै टी-१० मा डेब्यू गरेका हुन्।
क्वालन्डर्सविरुद्धको खेलमा छैटौं नम्बरमा ब्याटिङको मौका पाएका पारसले नटआउट ३ रन जोडे। उनले ३ बलको मात्र सामना गर्न पाए। पहिलो बलमा २ रन लिएका पारसले त्यसपछि डट खेले। अन्तिम बलमा उनले १ रन लिए।
पारसको टिम अबुधावीले क्वालन्डर्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन जोड्यो। उसका लागि कोरि एन्डर्सनले सबैभन्दा बढी ४३ रन जोडे।