भारतीय क्रिकेटर सचिन तेन्दुल्कर कीर्तिपुरस्थित टियु मैदानमा पुगेका छन्।
शुक्रबार राति मुम्बईबाट आएका तेन्दुल्कर टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्नेछन्। खेल १० ओभरको हुनेछ ।
बाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो।
प्रहरी स्रोतका अनुसार सचिन दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा पनि सहभागी हुनेछन्।
उनी शनिबार नै भारत फर्कनेछन्।