बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा पाकिस्तान यु-२३ टिमले भारतको यु-२३ टिमलाई ३ रनले पराजित गरेको छ। सेमिफाइनलमा हात पारेको जितसँगै पाकिस्तान फाइनलमा पुगेको छ।
बुधबार भएको खेलमा पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो।
भारतका लागि सनविर सिंहले ७६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै अर्मान जफरले ५६ रन र चिन्मे सुतारले नटआउट २८ रन जोडे। बलिङमा पाकिस्तानका मोहमद हुसेन र सइफ बदरले २-२ विकेट लिए।
त्यसअघि पाकिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा २६७ रन जोड्यो। उसका लागि ओइमर युसुफले ६६ रन, हैदर अली खानले ४३ रन र सइफ बदरले नटआउट ४७ रन जोडे।
बलिङमा भारतका शिभम् मावि, शौरभ दुवे र ऋतिक शोकीनले २-२ विकेट लिए।
उपाधिका पाकिस्तानले अफगानिस्तान र बंगलादेशबीच हुने सेमिफाइनलको विजेतासँग खेल्नेछ।