मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सानदार सुरुवात गरेको छ।
पुलिसले बुधबार इनरुवामा भएको खेलमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको हो।
पुलिसले दिएको ३४७ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली २७.१ ओभरमा ७९ रनमै अलआउट भयो।
कर्णालीका लागि राज खानले सबैभन्दा बढी २३ रन जोडे। कर्णालीको इनिङ ध्वस्त पार्ने क्रममा पुलिसका सागर ढकाल, ललित भण्डारी र मन्जित श्रेष्ठले २–२ विकेट लिए।
त्यसअघि ४९.३ ओभरमा अलआउट भएको पुलिसले ३४६ रन जोड्यो।
पुलिसका लागि ओपनर सुनील धमालले ९५ बलमा ७० रन र कुशल भुर्तेलले ४९ बलमा ७८ रन बटुले।
बलिङमा कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए।
जितसँगै पुलिसले सेमिफाइनल यात्रा बलियो बनाएको छ।