मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले कर्णाली प्रदेशमाथि ८ विकेटको सहज जित हात पारेको छ।
इनरुवामा भएको खेलमा पहिले ब्याटिङ गरेको कर्णाली ३१.५ ओभरमा १२९ रनमै अलआउट भयो।
कर्णालीका लागि रविन्द्र शाहीले ४६ रन जोडे। उनले ६८ बलमा ६ चौका र १ छक्का हिर्काए। दिवन पुनले २३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा प्रदेश २ का मेहबुब आलामले ३ विकेट लिए भने हरिशंकर साह र अदिल अन्सारीले २-२ विकेट लिए।
१३० रनको लक्ष्य प्रदेश २ ले २२.५ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो।
प्रदेश २ का लागि हसिम अन्सारीले ६३ बलमा नटआउट ८० रन र सुरज पटेलले ५० बलमा नटआउट ३३ रन जोडे।
यसअघि पहिलो खेलमा पुलिससँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।
अब प्रदेश २ र पुलिसबीच समूहको अन्तिम खेल हुनेछ। जित हात पार्ने टिम सेमिफाइनलमा पुग्नेछ।