सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा तीव्र गतिका बलर सोमपाल कामीले चितवन टाइगर्सबाट खेल्ने भएको छ।
गत सिजन काठमाडौं किंग्स-११ बाट खेलेका सोमपाल सिजनको लिगका लागि चितवनमा ट्रेड भएका हुन्।
यता चितवनबाट दीपेन्द्रसिंह ऐरी काठमाडौं आएका छन्।
दुवै खेलाडीको मूल्य कम्तिमा २ लाख रुपैंयाँ तोकिएको थियो। यो भन्दा बढी जतिसुकै मूल्यमा पनि खरिद गर्ने नियम बनाएको थियो। यद्यप इपिएलले दुवै खेलाडी बिक्रि मूल्य भने खुलाएको छैन।
यता काठमाडौंले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई भित्र्याएको छ।
यस्तै पोखरा राइनोजले शक्ति गौचनको स्थानमा लोकेश बमलाई राखेको छ।