आगामी माघ तेस्रो साता नेपाल, ओमान र अमेरिकाबीच हुने विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजका लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पोखरा सञ्चालन गरिने बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टिम घोषणा गरेको हो।
टिममा युवा ब्याट्सम्यानद्वय लोकेश बम र सुमीत महर्जनले स्थान पाएका छन्। यस्तै सुभाष खकुरेल पनि टिममा फर्किएका छन्। सुनील धमला, किशोर महतो र कमलसिंह ऐरीले पनि प्रारम्भिक टिममा स्थान बनाएका छन्।
२४ खेलाडीको क्याम्प पोखरा क्रिकेट मैदानमा हुनेछ। त्यसपछि अन्तिम टिम घोषणा गरिनेछ।
५ फेब्रुअरीदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन्। जसमा प्रत्येक टिमले २-२ खेल खेल्नेछन्।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, मोहमद आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, पारस खड्का, पवन शर्राफ, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषवाकर, सन्दीप लामिछाने, सुभाष खकुरेल, सुनील धमला, कुशल मल्ल, बसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन