घरेलु टिम वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी-२० सिरिजको पहिलो म्याचमा आयरल्यान्डले रोमाञ्चक जित हात पारेको छ।
आयरल्यान्डले बुधबार सेन्ट जर्जमा भएको खेलमा घरेलु टिम वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २०८ रन जोड्यो।
आयरल्यान्डका लागि पाउल स्टर्लिङले ४७ बलमा ९५ रन जोडे। उनले ६ चौका र ८ छक्का हिर्काए।
केभिन ओ'ब्राइनले ३२ बलमा ४८ रनको योगदान दिए। स्टर्लिङ र केभिनबीच पहिलो विकेटका लागि १५४ रनको साझेदारी भएको थियो।
२०८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेटको क्षतिमा २०४ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका लागि इभिन लेविसले २९ बलमा ५३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
अन्तिम ओभरमा १३ रन चाहिएको वेस्ट इन्डिजका सेरफिन रथर्फोड आयरल्यान्डका जोस लिटिलबाट पहिले बलमै आउट गरे।
त्यसपछि मैदानमा आएका ब्राभोले ३ बलमा ८ रन जोडेका थिए। अन्तिम २ बलमा ६ रन चाहिएको स्थितिमा ब्राभो पनि आउट भए।
बलिङमा आयरल्यान्डका लिटिलले ३ र क्रियाग योङले २ विकेट लिए।