भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्।
बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन।
क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो।
सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो। जसको सम्झौता मूल्य ५ करोड भारु थियो।
धोनीसँग सम्झौता नगरेको बिसिसिआईले टपअर्डर ब्याट्सम्यान केएल राहुलसँगलाई भने बी श्रेणीबाट ए श्रेणीमा ल्याएको छ।
धोनीले विश्वकप यता कुनै पनि व्यवासायिक खेल खेलेका छैनन्।
भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएलमा धोनीले राम्रो खेलेमा वर्षको अन्त्यमा हुने टी-२० विश्वकपमा खेलाउने बताउँदै आएका छन्।
धोनीसँगै अम्बाती रायदु, दिनेश कार्तिक र खलिल अहमेदले पनि सम्झौता गुमाएका छन्।
मयंक अग्रवाल र ऋद्धिमान साहले बी श्रेणीमा स्थान पाएका छन्।
यस्तै नवदीप सैनी, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयस इयर र वासिङटन सुन्दर पनि सी श्रेणीमा समावेश छन्।
यो सम्झौता अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि हो।
खेलाडीको श्रेणी
ए + (७ करोड भारु) : विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह
ए ( ५ करोड भारु) : आर आस्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का राहाणे, शिखर धवन, मोहमद सामी, इशान्त शर्मा, कुलदिप यादव, रिशव पन्त, केएल राहुल
बी ( ३ करोड भारु) : उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्ड्या, ऋद्धिमान साह, मयंक अग्रवाल
सी (१ करोड भारु) : केदार जादव, मनिष पाण्डे, हुनुमा बिहारी, नवदिप सैनी, दिपक चाहर, शार्दुल ठाकुर, श्रेयस इयर, वासिङटन सुन्दर