अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार २ विकेट लिएका छन्।
मेलवर्न स्टार्सका बलर सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका हुन्।
वर्षाले प्रभावित हुँदा १४ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे।
बाँकी दुई ओभरमा भने सन्दीपबिरुद्ध सिड्नीका ब्याट्सम्यानले आक्रमक ब्याटिङ गरे। सन्दीपले ३ ओभरमा २ विकेट लिँदा ३८ रन दिए। उनले १ चौका र ४ छक्का बेहोरे।
सिड्नीले खेलमा १४ ओभरमा १४३ रन जोड्यो। वर्षाले प्रभावित भएपछि खेलमा मेलवर्नले १४७ रनको नयाँ लक्ष्य पायो।
मेलवर्नले १४ ओभरमा ५ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सकेपछि खेल सिड्नीले डिएल मेथडमा २१ रनले जित्यो।
लिगमा मेलवर्न ११ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ।
सन्दीपले जारी लिगमा ११ खेल खेल्दा १४ विकेट लिएका छन्। उनले ९ खेलमा विकेट लिँदा २ खेलमा विकेट लिन सकेका छैनन्।