त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा लेग स्पिनर सन्दीप लामिछाने ३ विकेट हात पारेका छन्।
सुसन भारीले समेत एक विकेट हात पारे। सातौं ओभरमा बलिङ गर्न आएका भारीले १६ रन बनाएका जभियर मार्सललाई प्याविलियनको दिशा देखाए।
यसअघि लेग स्पिनर सन्दीप लामिछानले नेपालका लागि पहिलो विकेट हात पारेका थिए।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको हो। आठौं ओभरको खेल चलिरहँदा अमेरिकाले ४ विकेटको क्षतिमा २९ रन जोडेको छ।