एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम काठमाडौं किंग्स ११ ले आयरल्यान्डका अलराउन्डर केभिन ओ'ब्राइनलाई भित्र्याएको छ।
सिजनको पहिलो विदेशी खेलाडीको रुपमा काठमाडौंले ओ'ब्राइनलाई भित्र्याएको हो।
गत सिजन पनि काठमाडौंबाटै खेलेका उनले ७ खेलमा ९ विकेट लिएका थिए।
सन् २००६ मा आयरल्यान्डको राष्ट्रिय टिममा डेब्यू गरेका उनले तीन वटा एकदिवसीय विश्वकप खेलिसकेका छन्।
आयरल्यान्डका लागि पहिलो टेस्ट शतक हिर्काउने इतिहास बनाएका उनल सन् २०११ को विश्वकपमा छिटो अर्धशतक हिर्काएका थिए।
३५ वर्षीय उनले १४५ एकदिवसीय, ९३ टी-२० र तीन टेस्ट खेलेका छन्।
६ टिमको सहभागिता हुने इपिएल आगामी चैतमा हुनेछ।