फ्रेन्च क्ल्ब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेइमारमाथि युरोपियन फुटबलले छानविन गर्ने भएको छ।
च्याम्पियन्स लिगमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड विरूद्ध पराजित भएको खेलमा भिएआर मार्फत दिइएको पेनाल्टीलाई उनले गलत भनेर टिप्पणी गरेका थिए।
उनले सो पेनाल्टी पेनाल्टीकै अपमान भएको बताएका थिए।
चोट लागेका कारण पछिल्लो समय नेइमार मैदान बाहिर रहँदै आएका छन्।
सो पेनाल्टीको आलोचना गर्दै नेइमारले, 'यो अपमान हो। फुटबल नै थाहा नभएकालाई टेलिभिजन अगाडी राखेर स्लो मोसनमा रिप्ले हेर्न राखिएको छ' भनेर टिप्पणी गरेका थिए।
त्यस्तै उनले प्रेसनेल पछाडी फर्केको अवस्थामा 'के नै गर्न सक्थे र?' भनेका थिए।
सो म्याचमा खेलको ९४ औं मिनेटमा डिओगो दालोटले प्रहार गरेको बलले पिएसजीका प्रेसनेल किमपेम्बेको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।