स्पेनिस ला लिगाको पुछारको टोली रायो भालेकानोसँग रियल मड्रिड स्तब्ध भएको छ।भालेकानोले रियललाई आइतबार सम्पन्न खेलमा १-० गोलले पराजित गरेको हो।
भालेकानोका लागि सो निर्णायक गोल खेलको २३ औं मिनेटमा एड्रियन इमबार्बाले गरेका थिए। उनले पेनाल्टीमार्फत सो निर्णायक गोल गरेका हुन्।
भिडियो एसोस्टेन्ट रेफ्री (भिएआर)मा जाभी गुइरामाथि जेसस भालेजोले फल गरेको पाइएपछि भालेकानोले पेनाल्टी पाएको थियो।
सन् २००४ यता लिगमा रियल पुछारको टोलीसँग पहिलो पटक हारेको हो।
जारी लिगमा रियल तेश्रो स्थानमा रहेको छ। उसले जारी लिगमा ३५ खेलबाट ६५ अंक जोडेको छ।
जारी सिजनमा रियलको यो १० औं हार हो।