इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीसँग आर्सनल ३-० पराजित भएको छ।
लेस्टरसँग लज्जास्पद हार बेहोरेपछि आर्सनलको शीर्ष चारमा पर्दै लिग सक्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ। आर्सनल हिजोको खेलमा १० खेलाडीमा समेत सिमित भयो।
खेलको ३६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाएपछि एन्सली मेटल्याण्ड–नाइल्स मैदानबाट बाहिरिएका थिए।
आर्सनललाई ३-० ले पराजित गर्नेक्रममा जेस्टर सिटीले तीनै गोल खेलको दोश्रो हाफमा गरेको हो। उसका लागि पहिलो गोल खेलको ५९ औं मिनेटमा युरी टिलेमान्सले गरेका हुन्।
त्यसपछि जेमी भर्डीले खेलको ८६ औं मिनेटमा दोश्रो गोल गरे भने तेश्रो गोल पनि उनैले अघतिरिक्त समयको ५ औं मिनेटमा गरे।
हारपछि आर्सनलको ३६ खेलबाट ६६ अंक भएको छ । ऊ लिगको पाँचौ स्थानमा रहेको छ। त्यस्तै चौथो स्थानको चेल्सीले ६८ अंक जोडेको छ ।