क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई इटालियन सिरि एको खेलमा हारबाट जोगाएका छन्। शुक्रबार राति भएको डर्बी खेलमा उपाधि विजेता युभेन्ट्सले टोरिनोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
सिरि एको उपाधि जितेको युभेन्ट्स शुक्रबार राति डर्बीको अवे खेलमा २४ वर्षदेखि युभेन्ट्सलाई हराउँने प्रयासमा रहेको टोरिनोलाई रोनाल्डोको गोलले असफल पारिदिए।
सासा लुकिचले १८ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन ६ मिनेट बाँकि छँदा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा पुर्याए।
यो सँगै शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक भएको छ। छैठौं स्थानमा रहेको टोरिनोको समान खेलबाट ५७ अंक पुगेको छ।