समग्रमा ७–४ जित निकाल्दै आर्सनल युरोपा लिगको फाइनलमा पुगेको छ।
बिहिबार राती भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ४-२ ले पराजित गर्यो।पहिलो लेग पनि आर्सनलले ३–१ ले जितेको थियो ।
आर्सनलको जितमा एमरिक ओवामियाङ्ले ह्याट्रिक गरे।हिजोको खेलमा पहिलो अग्रता भने घरेलु मैदानमा भ्यालेन्सियाले लिएको थियो। खेलको ११ औं मिनेटमा केभिन गेमेरोले गोल गर्दै सो अग्रता दिलाएका थिए।
उनको सो अग्रतालाई खेलको १७ औं मिनेटमा एमरिकले गोल गर्दै बराबरी गरे र पहिलो हाफ १-१ को बराबरीमा सकियो।
त्यसपछि एलेसान्द्रे लाकाजेटले खेलको ५० औं मिनेटमा गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए। सो अग्रतालाई खेलको ५८ औं मिनेटमा गेमेरोले दोश्रो गोल गर्दै पुनः बराबरी गरे। फेरी खेलको ६९ औं मिनेटमा एमरिकले व्यक्तिगत दोश्रो गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए। ततःपश्चात उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र खेल ४-२ को नतिजामा सकियो।
उपाधिका लागि उसले अर्को ईङ्लिश क्लबसँग मे २९ मा खेल्नेछ।