चार ईङ्लिश क्लबहरू आर्सनल, लिभरपुल, चेल्सी तथा टोटनह्यामले युरोपका दुई महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगेर युरोपियन फुटबल इतिहासमा कीर्तिमान कायम गरेका छन्।
बिहिबार युरोपा लिगको फाइनलमा पुग्ने क्रममा आर्सनलले भ्यालिनेसियालाई पराजित गर्यो भने चेल्सीले फ्रान्कफर्टलाई पराजित गर्यो। त्यस्तै लिभरपुल र टोटनह्यामले पनि नाटकिय शैलीमा पुनरागमन गर्दै च्याम्पियन्स लिगको फाइनलमा आफूलाई पुर्याए। यसक्रममा लिभरपुलले बार्सिलोनालाई पराजित गर्यो भने टोटनह्यामले अजाक्सलाई हरायो।
यी दुई ठूलो प्रतियोगिताको फाइनलमा एकैदेशका क्लबहरू पुगेको पहिलो पटक हो।
यसअघि दुई अवसरमा मात्र इङ्लिस क्लबले यी दुई प्रतियोगिताको पाइनल खेलेका छन्। सन् १९७१-७२ मा टोटनह्याम र उल्भ्स युरोपा लिगको फाइनलमा पुगेका थिए भने २००७-०८ मा म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।
ती खेलहरू क्रमशः टोनह्याम र म्यानचेस्टर युनाइटेडले जितेका थिए।
इङ्ल्याण्डपछि ३ स्पेनिस क्लबले यी दुई मूख्य प्रतियोगिताको फाइनलमा पुगेको इतिहास छ। सन् २-१५-१६ मा रियल मड्रिड र एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेका थिए भने युरोपा लिगमा सेभिल्ला फाइनल पुगेको थियो।