नेयमार जुनियर घाइते भएपछि ब्राजिल फुटबल क्लबले कोपा अमेरिकाको आगामी खेलका लागि अर्का स्टार विलियनलाई समावेश गर्ने भएको छ। क्लबले आधिकारिक जानकारी दिँदै नेयमारको स्थानमा विलियनलाई खेलाउने निर्णय गरेको जनाएको हो।
कोपा अमेरिका कप जुन् १५ बाट सुरु हुँदैछ, जसमा पहिलो खेलमै ब्राजिलले बोलिभियाको सामना गर्दैछ।
एजेन्सीहरुका अनुसार विलियन नेयमारकै हैसियतमा कोपा अमेरिकाको खेलमा मैदान हुनेछन्, नेयरमारको जर्सी नम्बर १० मा विलियन मैदानमा आउने अनुमान गरिएको छ।
चेल्सीका स्ट्राइकर विलियन ब्राजिलको राष्ट्रिय टोलीमा १९ नम्बर जर्सीमा खेल्थे। विलियनलाई ब्राजिलले कोपा अमेरिकाको टोलीमा समावेश गरेको थिएन कतारविरुद्धको खेलमा स्टार नेयमार घाइते भई सबै खेल गुमाउने भएपछि ब्राजिल फुटबल क्लबले उनको विकल्पमा विलियनलाई मैदान उतार्ने निर्णय गरेको हो।
प्रशिक्षक टिटेले भने, ‘नेयमार नखेल्ने भएपछि टिम कमजोर भएको प्रचार भइरहेको छ, तर ती हल्लाहरु सत्य हैनन्, ब्राजिल नेयमारबिना पनि शक्तिशाली छ भन्ने हामीले प्रमाणित गर्दैछौं।’