अफ्रिका कप अफ नेसन्समा नाइजेरिया तेस्रो भएको छ।
अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा नाइजेरियाले तेस्रो स्थान हात पार्ने क्रममा बुधबार राति भएको खेलमा ट्युनिसियालाई १-० गोलले पराजित गर्यो।
नाइजेरियाको जितमा ओडिवन ओघालोले गरेको गोल निर्णायक बन्यो। उनले खेलको तेस्रो मिनेटमै गोल गरेर नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए।
यसअघि नाइजेरियालाई सेमिफाइनलमा अल्जेरियाले २-१ गोलले पराजित गरेको थियो। ट्युनिसिया भने सेनेगलसँग १-० गोलले हारेको थियो।
उपाधिका लागि सेनेगल र अल्जेरियाबीच शुक्रबार राति खेल हुँदैछ।