इङ्लिश प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र टोटेनहम बराबरीमा रोकिएका छन्।
२-२ गोलको बराबरीमा सकिएको खेलमा पहिलो अग्रता भने सिटीले लिएको थियो। रहिम स्ट्रलिङ खेलको २० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर टोटेनहमले खेलको २३ औं मिनेटमा इरिक लमेलाको गोलमा बराबरी गर्यो।
त्यसपछि ३५ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरे सिटीले पहिलो हाफमा २-१ मा अग्रता कायम गर्यो।
२-१ ले पछि परेको टोटेनहमले खेलको ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । सो गोल लुकास मौउराले गरेका थिए।त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल हुन सकेन।
त्यस्तै अतिरिक्त समयमा ग्याब्रियल जिससले गरेको गोलले भिएआरबाट मान्यता पाएन।