जर्मन च्याम्पियन वायर्न म्युनिखले आक्रामक मिडफिल्डर फिलिप काउटिन्होलाई लोनमा भित्र्याएको छ।
ब्राजिलियन खेलाडी काउटिन्हो स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनका लागि लोनमा आबद्ध भएका हुन्। उनलाई बार्सिलोनाले स्थायी रुपमा आबद्ध गर्ने सक्ने सम्झौता समेत गरिएको छ।
२७ वर्षीय काउटिन्होलाई जर्मन क्लब वायर्नले ८.५ मिलियन युरो तिर्नेछ। स्थायी सम्झौता गर्न परेमा १२० मिलियन युरोमा काउटिन्होलाई वायर्नले भित्र्याउन सक्नेछ।
यसअघि काउटिन्हो सन् २०१८ मा १४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना आएका थिए।
उनले स्पनेमा ७६ खेल खेल्दा २१ गोल गरे।