इन्डोनेसियाको लिग–१ को साविक विजेता पेर्सिजा जाकर्ताले सिजनको दोस्रो जित हात पार्दा रोहित चन्दले उत्कृष्ट प्रदर्शन गरेका छन्।
पेर्सिजाले मंगलबार भएको आफ्नो एघारौं खेलमा कालटेङ पुर्तालाई ३–० गोलले हरायो।
पेर्सिजाको जितमा हेरि सुसान्तोले १२, मार्को सिमिकले ४९ र सान्डी धर्माले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे।
विगत ३ सिजनदेखि पेर्सिजाबाट खेलिरहेका रोहितले खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि म्यान अफ दि म्याच बने। नेपाली राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित गत सिजन इन्डोनेसियन लिगकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
जारी सिजनमा खराब खेलिरहेको पेर्सिजाले ११ खेलमा २ खेलमा जित हात पारेको छ भने ६ खेलमा बराबरीमा रोकिएको छ। ३ खेलमा पराजित पेर्सिजा १२ अंक जोड्दै १५औं स्थानमा छ।