साफ यु–१५ च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ। नेपालले शुक्रबार भएको खेलमा श्रीलंकालाई २-० गोलले पराजित गरेको हो।
नेपालका लागि ४६ मिनेटमा शशांक बोहराले र ८३ मिनेटमा असिम राईले गोल गरे।
कोलकाताको कल्याणीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई भारतले ५–० गोलले पराजित गरेको थियो।
अब नेपालले बंगलादेशसँग अगस्ट २७ र भुटानसँग अगस्ट २९ सँग प्रतिस्पर्धा गर्नेछ।
समूहका शीर्ष २ टिमबीच आगामी अगस्ट ३१ उपाधिका लागि भिडन्त हुनेछ।