अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फिफा वर्ष अवार्डका लागि विभिन्न ८ विधामा परेका अन्तिम ३ खेलाडीको नाम सार्वजनिक गरेको छ।
फिफाले वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, पुरुष टिमको प्रशिक्षक र महिला टिमको प्रशिक्षक, महिला र पुरुष गोलकिपर, फ्यान अवार्ड तथा पुस्कस अवार्डका लागि अन्तिम ३ नाम सार्वजनिक गरेको हो।
अब भोटिङको आधारमा विजेता घोषणा गरिनेछ। भोटिङ चार तरिकाबाट हुनेछ।
विश्वभरका राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, पत्रकार र फ्यानको भोटको आधारमा विजेताको टुंगो लगाइनेछ। जसमा चार विधाकै भोटिङलाई २५–२५ प्रतिशत हिस्सा दिइनेछ।
पुरुष खेलाडीमा अन्तिम सूचीमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, अर्जेन्टाइन फरवार्ड लियोनल मेसी र इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक छन्।
विजेता आगामी २३ सेप्टेम्बर सोमबारका दिन मिलानमा घोषणा गरिनेछ।
वर्ष खेलाडी पुरुष
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) - युभेन्ट्स
लिओनल मेसी (अर्जेन्टिना) - बार्सिलोना
भर्जिल भान डाइक (नेदरल्यान्ड्स) - लिभरपुल
वर्ष खेलाडी महिला
लुसी ब्रन्ज (इंग्ल्यान्ड) - ओलम्पिक लियोनाइस
एलेक्स मोर्गान (अमेरिका) - ओनालर्डो प्राइड
मेगन रिपोन (अमेरिका) - रेइन एफसी
उत्कृष्ट प्रशिक्षक पुरुष
पेप ग्वार्डिओला (स्पेन) - म्यानचेस्टर सिटी
जुर्गेन क्लोप (जर्मनी) - लिभरपुल
माउरिसिओ पोचेटिनो (अर्जेन्टिना) - टोटनह्याम
उत्कृष्ट प्रशिक्षक महिला
जिल इलिस (अमेरिका) - अमेरिका राष्ट्रिय टिम
फिल नेभिल (इंग्ल्यान्ड) - इंग्ल्यान्ड राष्ट्रिय टिम
सरिना विग्मान (नेदरल्यान्ड्स) - नेदरल्यान्ड्स राष्ट्रिय टिम
फिफा फ्यान अवार्ड
सिल्भिया ग्रेको (ब्राजिल)
नेदरल्यान्ड्स फ्यान्स एट महिला विश्वकप
जुस्टो सान्चेज (उरुग्वे)
उत्कृष्ट गोलकिपर पुरुष
एलिन्सन (ब्राजिल) - लिभरपुल
इडर्सन (ब्राजिल) - म्यानचेस्टर सिटी
मार्क आन्द्रे टेर स्टेगेन (जर्मनी) - बार्सिलोना
उत्कृष्ट गोलकिपर महिला
क्रिस्टियान इन्डर (चिली) -पिएसजी
हेडभिड लिन्डा (स्विडेन) - चेल्सी.वुल्सवर्ग
सारी भान भीनेल्डाल (नेदरल्यान्ड्स) - आर्सनल/एट्लेटिको म्यार्ड्रिड
फिफा पुस्कास अवार्ड
अर्जेन्टिनाका लिओनल मेसीले बार्सिलोनबाट बेटिसविरुद्ध गरेको गोल
कोलम्बियाका जुवान फर्नान्डोले रिभर प्लेटबाट रेसिङ क्लबविरुद्ध गरेको गोल
हंगेरीका ड्यानियल सोरीले डेब्रेकेनबाट फेरेनभारोसविरुद्ध गरेको गोल