युरोकप-२०२० छनौट अन्तरगत शनिबार भएको खेलमा पोर्चुगलले सर्वियालाई ४-२ ले पराजित गरेको छ।
सर्वियाको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले पहिलो हाफको ४२ औं मिनेटमा विलियम कार्बाल्होको गोलमा अग्रता लिएको थियो।
त्यसपछि खेलको ५८ औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर पारे। २-० ले अघि रहेको अवस्थामा सर्वियाले खेलको ६८ औं मिनेटमा गोल फर्कायो। उसका लागि सो गोल निकोला मिलेनकोभिकले गरे तर खेलको ८० औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले पोर्चुगलका लागि तेश्रो गोल गरे।
त्यस्तै खेलमा फर्किने प्रयासमा रहेको सर्वियाका लागि एलेकसन्डर मिट्रोभिकले ८५ औं मिनेटमा दोश्रो गोल गरे र नतिजा ३-२ मा पुग्यो। त्यसको १ मिनेटपछि पोर्चुगोलले अर्को गोल थप्यो र खेल ४-२ को नतिजामा टुङ्गियो। पोर्चुगलका लागि चौथो गोल बर्नाडो सिल्भा राफयल गुरेरोले गरेका थिए।
जितसँगै पोर्चुगलले ३ खेलबाट ५ अंक जोडेको छ। यसअघिका दुई खेलमा उसले बराबरी गरेको थियो।