युरोकप-२०२० छनौट अन्तरगत शनिबार भएको खेलमा इङ्ल्याण्डले बुल्गेरियालाई ४-० ले पराजित गरेको छ।
जितसँगै समूह 'ए'मा रहेको इङ्ल्याण्डले ९ अंक जोडेको छ। इङ्ल्याण्डको जितमा हेरी केनले ह्याट्रिक गरे। उनले खेलको २४, ४९ तथा ७३ औं मिनेटमा गोल गरेका थिए। जसमध्ये पछिल्ला दुई गोल उनले पेनाल्टीमार्फत गरेका हुन्।
यस्तै खेलको ५५ औं मिनेटमा रहिम स्ट्रेलिङ गोल गरेका थिए।
हिजोको खेलमा इङ्ल्याण्डले खेलको २४ औं मिनेटमा अग्रता लिएको थियो। उसका लागि यो गोल केनले गरेका थिए। ४ गोलमा ३ गोल खेलको दोश्रो हाफमा भएको थियो।