फ्रान्सले अल्बानियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ।
युरोकप-२०२० छनौट अन्तरगत शनिबार भएको 'समूह 'एच'को खेलमा फ्रान्सले खेलको ८ औं मिनेटमा पहिलो अग्रता लिएको थियो।
कोमानको गोलको अग्रता कायम गरेको फ्रान्सका लागि दोश्रो गोल भने खेलको २७ औं मिनेटमा ओलिभर जिरूउडले गरे।
त्यसपछि खेलको ६८ औं मिनेटमा कोमानले टोलीका लागि तेश्रो गोल गरे भने जोनाथन इकोनेले ८५ औं मिनेटमा चौथो गोल गरे।
यस्तै ९० औं मिनेटमा अल्बानियाले पेनाल्टीमार्फत एक गोल फर्कायो। सो गोल सोकोल सिकालेसीले गरेका थिए।