इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी तुलनात्मक रूपमा कमजोर मानिएको नर्विच सिटीसँग ३-२ गोलले पराजित भएको छ ।
हिजोको खेलमा नर्विचले खेलको १८ औँ मिनेटमा अग्रता लिएको थियो। उसले केन्नी म्याकलिनले गोलमा अग्रता लिएको थियो ।
सो अग्रतालाई नर्विचले २८ औँ मिनेटमा टड क्यान्टवेको गोलमा दोब्बर पार्यो ।
त्यसपछि खेलको ४५ औँ मिनेटमा गोल गर्दै सर्जियो अग्युरोले म्यानचेस्टर सिटीलाई २-१ को अवस्थामा पुर्याए।
तर ५० औँ मिनेटमा टीमू पुकीले गोल गरेपछि नर्विचको अग्रता ३–१ मा भयो ।
यसरी पछि परेको म्यानचेस्टर सिटीका लागि ८८ औँ मिनेटमा रोड्रीले गोल गरे पनि नतिजा नर्विचको पक्षमा गयो र म्यानचेस्टर सिटीले ३-२ को हार बेहोर्यो।
शनिबारका नतिजा
लिभरपुल ३-१ न्युकासल
ब्रिङ्टन १-१ बर्नली
म्यानचेस्टर युनाइटेड १-० लेस्टर
टोटनह्याम ४ -० क्रिस्टल प्यालेस
बुल्भ्स २ -५ चेल्सी
नर्विच ३ - २ म्यानचेस्टर सिटी