एएफसी यु-१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले फराकिलो अन्तरको हार बेहोरेको छ।
नेपाललाई आयोजक जोर्डनले ७-० गोलले पराजित गरेको हो।
एक पक्षीय खेलमा जोर्डनका लागि अब्देल क्वदेरले ह्याट्रिक गरे। उनले २०, ४२ र ४४ मिनेटमा गोल गरे। यस्तै अहमद हेम्यानले १६, अली अहमेदले १९, मोहमद खलेदले ४२ र सराज मुनीरले ८० मिनेटमा गोल गरे।
खेलपछि नेपालले चार मिनेटमा तीन खाएकाले दबाब परेको प्रशिक्षक सुनील श्रेष्ठले बताएका छन्।
अब नेपालले सोमबार कुवेत, शुक्रबार ताजकिस्तान र आइतबार श्रीलंकासँग खेल्नेछ।