एएफसी यु-१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत कुवतेविरुद्धको दोस्रो खेलमा नेपाली किशोर टिम १-१ गोलको बराबरीमा रोकिएको छ।
सोमबार अबेर राति भएको खेलमा पहिले अग्रता लिएको नेपाल इन्जुरी टाइममा गोल खादा बराबरीमा रोकिएको हो।
खेलको ७४ मिनेटमा दिपेश राईले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा कुवेतका अब्दुल्वाहव अलहिन्दीले गोल गर्दा खेल १-१ बराबरीमा सकियो।
यसअघि नेपाल पहिलो खेलमा आयोजक जोर्डनसँग ७-० गोलले पराजित भएको थियो।
अब नेपालले शुक्रबार ताजकिस्तान र आइतबार श्रीलंकासँग खेल्नेछ।