च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग ३-० ले स्तब्ध भएको छ।
सर्वाधिक १३ पटक लिग उपाधि जितेको रियल मड्रिडलाई पिएसजीले बुधबार राति भएको पहिलो खेलमा घरेलु मैदानमा हार चखाएको हो।
पिएसजी आफ्ना स्टार खेलाडीहरू केलिएन एमबाप्पे, एडिसन काभानी तथा नेइमार बिना नै मैदानमा उत्रेको थियो।
रियल मड्रिडलाई ३-० ले स्तब्ध पार्ने क्रममा एन्जल डि मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे।
डि मारियाले खेलको १४ तथा ३३ औं मिनेटमा गोल गरे भने मुनिएरले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए।