साबिकको विश्व विजेता फ्रान्स युरोकप-२०२० को छनौटमा सोमबार भएको खेलमा टर्कीसँग बराबरीमा रोकिएको छ।
फ्रान्स टर्कीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ओलिभर जिरउडले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर फ्रान्सको सो अग्रतालाई खेलको ८१ औं मिनेटमा टर्कीका लागि यीहानले गोल गरेपछि खेल बराबरीमा पुग्यो। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरी सकिएको छ।
फ्रान्सलाई पराजित गरेसँगै फ्रान्स युरोकप छनौट अन्तरगत आफ्नो समूहमा गोलअन्तरका आधारमा शीर्ष स्थानमा पुगेको छ।