स्पेन आगामी युरोकप-२०२०का लागि छनौट भएको छ।
मंगलबार राति भएको खेलमा स्वीडेनसँग बराबरी रोकिए पनि टोली युरोकपका लागि छनौट भएको हो।
स्पेन र स्वीडेनले १-१ को बराबरी गरेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा स्वीडेनले ५० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। उसका लागि सो गोल मार्कस बर्गले गरेका थिए।
स्वीडेनको सो अग्रतालाई स्पेनले अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै बराबरी गर्यो। रोड्रिगोको गोलमा स्पेनले बराबरी गर्न सफल भएको हो।
स्पेन अघि इटाली, रसिया, पोल्याण्ड, बेल्जियम तथा युक्रेन युरोकपका लागि छनौट भइसकेका छन्।