स्पेनिस ला लिगामा रियल मड्रिडले जारी सिजनको पहिलो हार बेहोरेको छ।
उसले शनिबार राति भएको खेलमा मालोर्कासँग १–० को अप्रत्यासित हार बेहोरेको हो।
मालोर्का यसै सिजन बढुवा भएर आएको क्लब हो। मालोर्का जितमा लागो जुनियरले खेलको साथौं मिनेटमा गोल गरेका हुन्।
त्यसैगरी हिजोको खेलमा रियल १० खेलाडीमा समेत सिमित भयो। ७४ औँ मिनेटमा ओड्रिओजोला दोहोरो पहेँलो कार्ड खाएपछि मड्रिड १० खेलाडीमा सीमित भएको हो।
हारसँगै रियल मड्रिड लिगको दोश्रो स्थानमा झरेको छ। ९ खेलबाट उसको १८ अंक छ। लिगको शीर्ष स्थानमा १९ अंक सहित बार्सिलोना छ।