फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत समूह 'बी' को खेलमा कुवेतले चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ।
कुवेतले घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो। कुवेतका लागि नासेरले २ गोल गर्दा अन्य गोल फरक फरक खेलाडीले गरे।
समूहको अर्को खेलमा जोर्डनमाथि अस्ट्रेलियाले १–० को जित हात पारेको छ।
समूह 'बी' मा रहेको नेपालले कुवेतसँग आगामी मंगलबार भुटानको चाङलिमिथाङ रंगशालामा खेल्दैछ। यसअघि कुवेतले पहिलो लेगमा नेपालमाथि ७–० को जित हात पारेको थियो।
छनोटमा नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।
एसिया छनोटका बिहीबारका नतिजा
समूह ए
माल्दिभ्स १ – २ फिलिपिन्स
सिरिया २ – १ चीन
समूह बी
जोर्डन ० – १ अस्ट्रेलिया
कुवेत ९– ० चाइनिज ताइपेई
समूह सी
इराक २ – १ इरान
हङकङ ० – ० बहराइन
समूह डी
उज्वेकिस्तान २– ३ साउदी अरेबिया
यमन १ – ० प्यालेस्टाइन
समूह ई
अफगानिस्तान १ – १ भारत
ओमान ४ – १ बंगलादेश
समूह एफ
म्यानमार ४ – ३ ताजिकिस्तान
किर्गिस्तान ० – २ जापान
समूह जी
भियतनाम १ – ० युएई
मलेसिया २ – १ थाइल्यान्ड
समूह एच
लेवनान ० – ० दक्षिण कोरिया
तुर्केमिनिस्तान ३ – १ उत्तर कोरिया