जारी ‘ए’ डिभिजन स्तरीय तेस्रो चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगितामा संकटालाई हराउँदै विभागीय एपिएफ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।
नैकापस्थित खेल मैदानमा आज भएको खेल १–१ मा रोकिएपछि एपिएफले संकटालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो।
एपिएफतर्फबाट सुदिप शिख्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले पेनाल्टी सुटआउट गरे भने संकटाका तर्फबाट अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए ।
अब एपिएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
बिहीबार क्वाटरफाइनलको पहिलो खेलमा बिग्रेड ब्वाइज र विभागीय नेपाल आर्मी क्लबबीच खेल हुनेछ ।