सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत सिरिया लगातार पाँचौ खेलमा जित निकाल्दै तेस्रो चरण नजिक पुगेको छ।
समूह 'ए' को खेलमा सिरियाले बुधबार फिलिपिन्सलाई १–० गोलले पराजित गर्यो। समूहमा सिरियाको १५ अंक छ। दोस्रो स्थानमा रहेको चीनको ४ खेलबाट ७ अंक छ भने तेस्रो स्थानको फिलिपिन्सको ५ खेलबाट ७ अंक नै छ। माल्दिभ्सले ६ अंक जोड्दा गुआमले खाता खोल्न सकेको छैन।
यता समूह बीमा नेपालमाथि कुवेत र चाइनिज ताइपेईमाथि जोर्डनले जित निकालेका छन्।
बुधबार भुटानमा भएको खेलमा कुवेतले नेपाललाई १–० र जोर्डनले घरेलु मैदानमा ५–० को जित निकाल्यो।
समूहमा चारै खेलमा जित निकालेको अस्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ। पाँच खेलबाट १०–१० अंक जोडेका कुवेत र जोर्डन क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानको नेपालले ३ अंक जोडेको छ भने चाइनिज ताइपेई अंक बिहीन छ।
बुधबार भएका खेलमा दक्षिण एसियाका टिमले खराब नतिजा निकालेका छन्। नेपाल पराजित भएको दिन छिमेकी देश भारतमाथि ओमानले १–० को जित निकालेको छ। यस्तै अर्को दक्षिण एसियाली देश श्रीलंकालाई तुर्केमनिस्तानले २–० ले हराएको छ।
बुधबारका नतिजा
समूह ए
माल्दिभ्स ३–१ गुआम
सिरिया १–० फिलिपिन्स
समूह बी
नेपाल ०–१ कुवेत
जोर्डन ५–० चाइनिज ताइपेई
समूह सी
हङकङ २–० कम्बोडिया
इराक ०–० बहराइन
समूह डी
यमन १–२ सिंगापुर
उज्वेकिस्तान २–० प्यालेन्टाइन
समूह ई
अफगानिस्तान ०–१ कतार
ओमन १–० भारत
समूह एफ
म्यानमार १–० मंगोलिया
किर्गिस्तान १–१ ताजिकस्तान
समूह जी
मलेसिया २–० इन्डोनेसिया
भियतनाम ०–० थाइल्यान्ड
समूह एच
तुर्केमिनिस्तान २–० श्रीलंका
लेवनान ०–० उत्तर कोरिया