जोसे माउरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका छन्।
मंगलबार माउरिसियो पेचेटिनो बर्खास्तमा परेसँगै माउरिन्हो टोटनह्यामको नयाँ प्रशिक्षक नियुक्त भएका हुन्।
इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक माउरिन्होसँग टोटनह्यामले २०२२–२३ सम्मका लागि सम्झौता गरेका हुन्।
सन् २०१६ मा म्यानचेस्टरका प्रशिक्षक बनेका उनले २०१७ मा युरोपा कप र काराबाओ कप जिताएका थिए।
तर उनी डिसेम्बर २०१८ मा बर्खस्तगीमा परुेका छन्। त्यतिबेला म्यानचेस्टर लिग लिडर लिभरपुल भन्दा १९ अंकले पछि परेको थियो।